
माेरङ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै अब एमाले संघीय र प्रदेश सबैतिर प्रतिपक्षी कित्तामा पुगेको छ ।
२०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि एमालेमात्रैको नेतृत्वमा संघीय सरकार र चारवटा प्रदेश सरकार बनेका थिए । सोमबार आचार्यको राजीनामासँगै एमाले संघ र प्रदेश सबैतिर विपक्षमा पुगेको हो ।
नेकपा विभाजनको कारण यसअघि एमालेले संघीय सरकार, गण्डकी र लुम्बिनीको प्रदेश सरकार गुमाएको थियो । गत भदौमा एमाले पनि विभाजित भएपछि वाग्मती र प्रदेश १ को सरकार पनि गुमायो ।