सल्यानमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु

Nepal Om ३ वर्ष अघि
  • सल्यानमा आइतबार भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

    सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटना हुँदा दुर्घटनास्थलमा ५ जना र उपचार गर्न लैजाने क्रममा बाटोमा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

    घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र सल्यानतर्फ लगिएको छ । बस सडकबाट २ सय मिटर तल खोलामा बसेको र स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरिरहेको छ ।