मुस्ताङको ‘मानापाथी’ हिमालमा भीषण हिमपहिरो

Nepal Om ४ वर्ष अघि
  • मुस्ताङको मानापाथी हिमालको फेदीबाट आइतबार बिहान भीषण हिमपहिरो झरेको छ । हिमपहिरोबाट बच्न भागदौड हुँदा ९ जना घाइते भएका छन् । 

     हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए ।

    भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा करिब १ सय ३० वटा चौरी थिए । ती चौरीबारे यकिन जानकारी नआएको प्रहरीले जनाएकाे छ।त्यहाँ दुई जनाको गोठ थियो।

    पहिरोबाट चौरी गोठ तथा गोठालाहरूलाई क्षति भएको आकलन गरिएको गरिएकाे छ ।अहिले प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनाबारे बुझ्न त्यसतर्फ गएकाे छ।घटनाको थप विवरण आउन बाँकी नै रहेको छ ।