मंसिर महिनामा केराको रुखको पूजा गर्ने चलन र दुर्वासा ऋषिसँग जोडिएको कथा

Lok Bhatta ४ वर्ष अघि
  • पुराणहरूमा मंसिर महिनालाई पवित्र महिनाको रूपमा वर्णन गरिएको छ । पौराणिक कथा र धार्मिक मान्यतामा पनि रूख र बोटबिरुवाको पूजाको धेरै महत्व रहेको छ । यी रुखहरूमध्ये केराको रूख पनि पूजनीय छ, जसलाई भगवान विष्णुको वास भनिन्छ । त्यसैले मंसिर महिनामा केराको जरामा पूजा गर्दा भगवान विष्णु धेरै प्रसन्न हुन्छन् । यो श्रीकृष्णको प्रिय महिना पनि हो । यस महिनामा भगवान विष्णु र केराको रुखको पूजा गर्ने चलन रहेको बताइएको छ ।

    धार्मिक मान्यता अनुसार केराको रुखमा वास्तविक देवता गुरु बृहस्पतिको वास हुने भएकाले यसलाई भगवान विष्णुको अंश मानिन्छ । त्यसैले मंसिर महिनामा विष्णु भगवानको पूजा गरेपछि भक्तजनले केराको जरामा फूल, चन्दन र जल चढाएर केराको पूजा गर्ने गर्दछन् ।

    दुर्वासा ऋषिसँग जोडिएको पौराणिक कथा

    दुर्वासा ऋषि अत्यन्त क्रोधित ऋषि थिए । उनको विवाह ऋषि अम्बरीशकी छोरी कंदलीसँग भएको थियो । एक पटक कंदलीबाट दुर्वासा ऋषिको आदेशको अवज्ञा भयो । यसबाट उनी कंदलीसँग निकै क्रोधित भए र उनलाई भस्म हुने श्राप दिए । श्रापले कंदली खरानीमा परिणत भइन । पछि यो घटनाले ऋषिलाई पनि दुःख भयो ।

    कंदलीका बुबा ऋषि अम्बरीश आउँदा छोरी खरानीमा परिणत भएको देखेर निकै दुःखी भए । त्यसपछि ऋषि दुर्वासाले कण्डलीको खरानीलाई रुखमा परिणत गरी अबदेखि हरेक पूजा–आराधनामा यसको विशेष महत्व रहने वरदान दिनुभयो । यसरी केराको रूखको जन्म भयो र केराको फल हरेक पूजाको प्रसाद बन्यो । र कंदली अर्थात केराको रुखलाई सम्मानित मानिएको थियो ।

    पुजा कसरी गरिन्छ

    मंसिर महिनाको एकादशी वा बिहीबार सूर्योदय अघि मौन व्रत बसेर स्नान गनपर्छ ।

    यसपछि जहाँ केराको रूख छ, त्यहाँ त्यसलाई प्रणाम गरेर जल अर्पण गनपछर्् ।

    घरको आँगनमा केराको रुख लगाइएको छ भने त्यसमा जल चढाउनु हुँदैन भन्ने कुरामा ध्यान गनपर्छ । बाहिर केराको रूखलाई मात्र पानी चढाउनुहोस् ।

    केराको रूखमा बेसार, चनाको दाल र गुड़ चढाउनु पर्छ ।

    अक्षता र फूल चढाउनु पर्छ र केराको रूखको परिक्रमा गर्नुपर्छ र क्षमाको लागि प्रार्थना गर्नुपर्छ ।