म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । उनलाई सेनाविरुद्ध असन्तुष्टि भड्काउने र कोरोना भाइरसको नियम उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ ।
सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले सुकीलाई “धारा ५०५(बी) अन्तर्गत दुई वर्षको जेल र प्राकृतिक प्रकोप ऐनअन्तर्गत दुई वर्षको जेल सजाय सुनाइएको छ ।
सुकी फेब्रुअरीदेखि हिरासतमा छिन् सुकीलाई हिरासतमा लिएपछि सेनाले उनीमाथि सबै प्रकारका आरोप लगाएको छ । उनीमाथि अफिसियल सेक्रेट ऐन, भ्रष्टाचार र चुनावी धाँधली गरेको आरोप लागेको थियो । यदि सबै मुद्दामा दोषी ठहरिएमा नोबेल पुरस्कार विजेता सुकीले दशकौं जेल सजाय भोग्न सक्ने अनुमान छ ।
राजधानीमा सेनाले गठन गरेको विशेष अदालतको कारबाहीबाट पत्रकारलाई टाढै राखिएको छ । यसअघि सुकीका वकिलहरूलाई मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको थियो ।
एक स्थानीय निगरानी समूहका अनुसार कू पछि देशमा व्यापक विरोध प्रदर्शन भएको थियो । यी मानिसहरूको आवाज दबाउन सेनाले हिंसात्मक तरिकाहरू प्रयोग ग¥यो । जसमा १३ सयभन्दा बढीको मृत्यु भएको छ भने १० हजारभन्दा बढी पक्राउ परेका छन् । तर, देशका धेरै ठाउँमा आन्दोलन अझै रोकिएको छैन् ।