निधारमा तिलक लगाएपछि चामलको अक्षता पनि लगाइन्छ ! यसको पछाडि कारण जान्नुहोस्

Lok Bhatta ३ वर्ष अघि
  • तपाईले देख्नु भएको होला कि कुनै पनि पूजामा जानु भन्दा पहिले निधारमा चन्दन, केसर आदिको तिलक लगाइन्छ । निधारमा तिलक लगाइने भए पनि सबैभन्दा बढी कुमकुम अर्थात रोलीको तिलक लगाइन्छ । पूजामा कुमकुम तिलक लगाइने होस् वा अन्य कुनै अवसरमा तिलक लगाइन्छ, सबैमा एउटा कुरा समान छ कि तिलक लगाएपछि त्यसमा केही चामलको दाना पनि लगाइन्छ ।

    धेरै पण्डितहरूले तपाईको टाउकोमा वा वरपर चामल फाल्छन । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ यस्तो किन गरिन्छ र तिलकपछि चामल किन लगाइन्छ ?

    यसको पछाडि धार्मिक कारण यस्तो छ

    यो श्रद्धाको कुरा हो र लामो समयदेखि चलिआएको छ, जसका कारण तिलकसँगै चामल पनि प्रयोग गरिन्छ । यद्यपि, धेरै रिपोर्टहरूमा यो भनिएको छ कि तिलकसँग चामल लगाउनुको कारण चामललाई सबैभन्दा शुद्ध अन्न मानिन्छ । तपाईले देख्नु भएको होला कि भातको सानो पुजा देखि ठुलो अनुष्ठान सम्म विशेष महत्व हुन्छ । भगवानको प्रसादमा पनि चामलको प्रयोग गरिन्छ र तपाईले देख्नु भएकै छ प्रत्येक विशेष अवसरमा चामलको विशेष महत्व छ ।

    साथै हवनमा देवताहरूलाई चढाइने चामललाई शुद्ध अन्न मानिन्छ । चामललाई अक्षत पनि भनिन्छ र यसको अर्थ यो कहिल्यै नाश हुँदैन, त्यसैले कुनै पनि कामको सफलताको लागि चामलको प्रयोग गरिन्छ । त्यसैले तिलकपछि चामलको प्रयोग गरिन्छ । साथै, हिन्दू धर्ममा, चामललाई समृद्धिको प्रतीक मानिन्छ, त्यसैले यसको प्रयोग गरिन्छ ।

    साथै, धेरैको विश्वास छ कि निधारमा तिलकमा चामल लगाउँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ र यसका लागि चामलको प्रयोग गरिन्छ । यसको वैज्ञानिक कारण पनि जोडिएको छ र चामललाई सकारात्मकताको प्रतीकका रूपमा पनि प्रयोग गरिन्छ ।