
नेपाली कांग्रेसको कान्छी उम्मेदवार बनेर चर्चामा आएकी २४ वर्षीया डा. अलविरा खानले लुम्बिनी प्रदेशको अधिवेशनमा चुनाव जितेकी छन् ।
खानले ८८१ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनले प्रतिष्पर्धी जन्तुल धुनियालाई २९२ मतले पछाडि पारेकी हुन् ।
बाबुको प्रेरणाबाट राजनीतिमा लागेकी डा. खानले रामचन्द्र पौडेल समूहको प्यानलबाट उम्मेदवारी दिएकी थिइन् । उनका बुबा अकिल मियाँ यसअघिका कांग्रेसका क्षेत्रीय सभापति थिए । अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
मुस्लिम समुदयका महिलामा राजनीतिप्रतिको चेतना जगाउने काममा आफूले भूमिका खेल्ने उनको भनाइ छ । विजयी भएपछि प्रतिक्रिया दिँदै डा. खानले आफ्नो चिकित्सकीय पेसा र राजनीतिलाई एकसाथ अगाडि बढाउने बताइन ।