दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्टको कहर, देशमा केसहरू पाँच गुणा बढेको राष्ट्रपति रामाफोसाको भनाई ।

Lok Bhatta ३ वर्ष अघि
  • संक्रमण बढ्नुलाई चिन्ताको विषय बताउँदै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले देशमा कोभिड–१९ को चौथो लहर प्रत्याशित रहेको र नयाँ ओमिक्रोन भेरियन्ट पछिल्लो एक सातामा दैनिक संक्रमितको संख्या पाँच गुणाले बढेको भन्दै कोभिड–१९ का लागि परीक्षण गरिएका कुल नमूनामध्ये करिब एक चौथाइ संक्रमित भेटिएको बताए । दुई साताअघि परीक्षण गरिएकामध्ये दुई प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको थियो ।

    रामाफोसाले राष्ट्रका नाममा आफ्नो साप्ताहिक पत्रिकामा भनेका छन् सङ्क्रमणको घटनामा वृद्धि हुनु ठूलो चिन्ताको विषय हो तर हामीले यो अनुमान गरेका थियौं भनेर हामीले सम्झनुपर्छ । हाम्रो देशका रोग मोडेलहरूले हामीलाई यस समयमा चौथो लहरको सामना गर्नेछौं र भाइरसको नयाँ रूपहरू देखा पर्ने लगभग अपरिहार्य थियो ।

    उनले भने, ‘देश कोभिड–१९ को चौथो लहरतर्फ अघि बढिरहेको अवस्थामा हामीले माहामारी सुरु भएदेखि अहिलेसम्म नदेखेको सङ्क्रमण वृद्धिदरको अनुभव गरिरहेका छौं ।