
धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेका एकजना ब्राम्हण बस्दथे । उनले कालीगण्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्नथाले । महात्माको तपस्या धेरै समय सम्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देवराज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे । सोही अनुरूप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई तपस्या भङग गर्न पठाए ।
जब देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मालोचालाई देखे । अप्सराको हाउभाउ कटाक्षले मुनी मोहित भए । उनको सुन्दरता प्रति बसिभुतभई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धनमा बाँधीइ संसारिक सुखमा बिलिन भए ।
केही समयको अन्तराल पछि प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन । ततपश्चात उनले आफ्नो उधेश्य पुराभएको सम्झी ति कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन । जब देवदत्तले यो कुराको वास्तविकतालाई बुझे तव उनी छाँगाबाट खसे झै भए । उनको हृदयमा तिब्र बैराग जागेर आयो ततपश्चात उनी उत्तरतिरको भृगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्नथाले ।
उनको तपस्या देखी भगवान शिव प्रशन्न भई उनको सामु प्रकट भए र आशिर्बाद दिए ‐ जसले गण्डकीको नदीमा स्नानगरी शिवलिङ्गको दर्शन गर्ला उसले राम्रो योगफल तथा शिद्धी प्राप्त गर्नेछ । यती भनी भगवान शिव अन्तरध्यान भए । देवदत्तले पनि शिवजीबाट आशिर्बाद पाइ आफू मुक्तभएको अनुभब गरे ।
प्रह्मालोचाबाट जन्मेकी कन्यालाई पछि मृगले दुध पिलाएर हुर्काए । संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ । त्यही रुरुले दुध पिलाएर हुर्केकी भएका कारणले तिनको नाम रुरुकन्या रहनगयो । पछि उनले भगवान नारायणको कठोर तपस्या गर्न थालिन ।
उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई बरदान माग्न भन्नु भयो । भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन “हे नाथ यदी मलाई बारदान दिनु हुन्छ भने यही चतुरवाहु श्री नारायणको रूपले हजुर यही बिराजमान होइबक्सीयोस र मेरो नामबाट यो क्षेत्र प्रशिद्ध होस्” उनको यस्तो प्रार्थना सुनी भगवानले भन्नु भयो “अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुने छ ।
यो क्षेत्रमा जसले स्नान गरेर तीन दिन यहाँ रही चतुरबाहु ह्रिषीकेशको दर्शन गर्छन् त्यो पवित्र हुन्छ भनी भगवान अन्तरध्यान हुनु भयो । त्यसैले यहाँ ३ दिन माघे संक्रान्ती मेला लाग्ने गर्छ । ति रुरुकन्या केही समय त्यही रहिन् र पछि उनले देहत्याग गरिन् रे मुक्ती पाइन् ।
भगवानको आशिर्बादले गर्दा त्यो दिन देखि रुरु क्षेत्र पुण्य क्षेत्र बन्यो । यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध भयो । रुरु पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर–पश्चिममा गुल्मी र पाल्पाको सिमानबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल हो । यस क्षेत्रमा मणिमुकुन्द सेन द्वारा प्रतिस्थपित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ऋषिकेश मन्दिर रहेको छ । रिडी यस क्षेत्रको प्रमुख बजार हो ।
स्रोत : वीकीपीडीया