
तपाईंले धेरै प्रकारका चराहरू देख्नुभएको होला, तर के तपाईंले जुँगा भएको चरा कहिल्यै देख्नुभएको छ ? यो चराको नाम इन्का टर्न हो । इन्का टर्नको जुँगा यसको विशेषता हो । यो यस्तो सुन्दर चरा हो कि यसलाई देख्न त्यति सजिलो छैन् ।
यो चरा विशेषगरी पेरु र चिलीमा पाइन्छ । पूरै शरीर खैरो र दुवैतिर सेतो जुँगाहरू हुन्छन् । तिनीहरूको चुच्चो र खुट्टा सुन्तला रङको हुन्छ । यो ४० सेन्टिमिटर लामो चरा चट्टानको वरिपरि बस्छ । यहीँ प्रजनन हुन्छ ।
चुच्चोको छेउमा देखिने जुँगाले चरा वयस्क भइसकेको संकेत गर्छ । यो चरा विशेषगरी माछा खान रुचाउँछन् । यो शिकार मा धेरै माहिर हुन्छ ।
इन्का टर्नले एक पटकमा एक वा दुईवटा अण्डा दिन्छ । चल्ला अण्डाबाट बाहिर आउन ४ हप्ता लाग्छ । यसका चल्लाहरु ७ देखि ८ हप्तामा गुँड छोड्छन् । एक रिपोर्टका अनुसार उनी बिरालो जस्तंै आवाज निकाल्छन् ।
अमेरिका बर्ड कन्जरभेन्सीका अनुसार विश्वभर यी चराहरुको संख्या घट्दै गएको छ । तिनीहरूको संरक्षणको लागि, पेरुभियन सरकारले २००९मा गुआनो टापुहरू र केपस नेशनल रिजर्भमा अभियान सुरु गरेको थियो । तर, उनीहरुको संख्यामा अहिलेसम्म कुनै उल्लेखनीय बृद्धि वा परिवर्तन देखिएको छैन् ।