ओशोको जन्म हुँदा तीन दिनसम्म ओशो न रोए न हाँसे । तीन दिनपछि ओशोलाई नुहाउँदा ओशो पहिलो पटक रोएका थिए ।
ओशोलाई जुत्ता लगाउन मन लाग्दैनथ्यो, त्यसैले सधैं चप्पल लगाउँथे ।
ओशो देब्रे हातले लेख्थे ।
ओशोलाई फोटो खिच्ने र सुन्दर कलम राख्न मन लाग्थ्यो ।
ओशोलाई कुनै पनि काममा ढिलाइ मन पर्दैनथ्यो ।
किताब पढ्न मन लाग्ने भएकाले कहिलेकाहीँ चोरबजारमा किताब किन्न जान्थे ।
ओशो आफ्नो खानाको लागि सुन र चाँदीका भाँडाहरू प्रयोग गर्थे ।
ओशोलाई धूलो र माटोबाट एलर्जी थियो र दुर्गन्धित ठाउँमा सुत्न सक्दैनथे ।
ओशो धेरै जिज्ञासु थिए, एक पटक १२ वर्षको उमेरमा ओशो रातको समयमा मानिसको मृत्युपछि के हुन्छ र ऊ कहाँ जान्छ भनी जान्नको लागि शवदाह गृहमा गएका थिए ।
ओशोले एक अन्तर्वार्तामा आफूले ३ सय ६५ रोल्स रोयाल कार किन्नु पर्ने बताएका थिए । एक समय थियो जब उनीसँग ९० भन्दा बढी रोल्स रोयाल कार थिए ।
ओशो पढ्न र लेख्न मन पराउथे । किशोरावस्थामा दिनमा ३–३ वटा किताब पढ्थे । उनलाई जर्मनी, माक्र्स र भारतीय दर्शनका पुस्तकहरू पढ्न मन पथ्र्यो ।
ओशो सधैं विलासी जीवन बिताउन मन पराउथे । बाल्यकालमा एक पटक हात्तीमा बसेर स्कुल जाने जिद्दी गरेका थिए । उनको जिद्दीको कारण उनका बुबाले हात्तीमा चढाएर विद्यालय छोड्नुपरेको थियो ।
ओशो नदीमा नुहाउँदा आफ्ना साथीहरूलाई पानीमा डुबाउने गर्थे । यस विषयमा साथीभाइसँग झगडा पनि भएको थियो । यसमा उनले मर्नु कस्तो हुन्छ भन्ने हेर्न चाहेको बताएका थिए ।
ओशोका बुबाको १४०० एकड जमिन थियो ।
ओशोले आफ्नै बुवालाई पनि सन्यास दिएका थिए, सन्यास लिने बित्तिकै ओशोका बुवा उनको खुट्टामा परेर रोएका थिए ।
ज्योतिषीहरूले २१ वर्षसम्म प्रत्येक सातौं वर्षमा उनको मृत्युको योगफल बताउनु भएको थियो । ओशोले १४ वर्षको हुँदा ७ दिनसम्म मन्दिरमा सुतेर मृत्युको पर्खाइमा गरेका थिए । त्यहाँ एउटा सर्प पनि आएको थियो तर केही गरेन ।