कुनै पनि काम सुरु गर्दा प्रायः मानिसहरूले स्वस्तिकको चिन्ह लगाउँछन् किनभने स्वस्तिकको सीधा सम्बन्ध गणपतिसँग भउको बताइन्छ । स्वस्तिक शब्द ‘सु’ र ‘अस्तिका’ मिलेर बनेको मानिन्छ । सु भनेको शुभ र अस्तिकको अर्थ हुनु हो । त्यसैले स्वस्तिकको अर्थ शुभ हो । र सनातन धर्ममा स्वस्तिकलाई अति शुभ मानिन्छ ।
स्वस्तिकलाई देवताहरूको वासस्थान पनि मानिन्छ । यसलाई बनाएर मात्रै त्यस स्थानको नकारात्मकता हट्छ भन्ने विश्वास छ । त्यसैले धेरैले आफ्नो घरबाहिर पनि स्वस्तिक बनाउँछन् । यसो गर्नाले वास्तु दोषको अन्त्य हुनुका साथै नकारात्मक उर्जा घरमा प्रवेश गर्न पाउँदैन भन्ने विश्वास गरिन्छ ।
यसकारण हुन्छ शुभ
स्वस्तिकलाई बाधा तोड्ने गणेशको स्वरूप मानिन्छ । स्वस्तिकको देब्रे भागमा गम बीज मन्त्र रहेको मानिन्छ । गणपतिको स्थान मानिन्छ । माता गौरी, पृथ्वी, कूर्म र देवताहरू स्वस्तिकको चारै दिशामा रहेको बिन्दुमा वास गर्ने विश्वास गरिन्छ । त्यसैले स्वस्तिकलाई धेरै शुभ मानिन्छ । जहाँ स्वस्तिक बनाइन्छ, त्यहाँ गणपतिलगायत सबै देवताको वास हुने जनविश्वास छ ।
ब्रह्मा संग सम्बन्ध
स्वस्तिकका चार रेखाको सम्बन्ध ब्रह्माजीसँग रहेको मानिन्छ । स्वस्तिकका चार रेखाहरू भगवान ब्रह्माको चार शिर हुन् भन्ने विश्वास गरिन्छ । यसको बीचको भाग भगवान विष्णुको नाभि हो । यसबाट ब्रह्माजी प्रकट हुनुभएको भन्ने विश्वास रहँदै आएको छ । स्वस्तिकका चार रेखालाई घडीको दिशामा बनाइन्छ, जुन संसारमा सही दिशामा हिड्ने प्रतीक हुन् ।
स्वस्तिक सकारात्मक ऊर्जाको प्रतीक
वास्तुशास्त्र अनुसार घरको मुख्य प्रवेशद्वारमा स्वस्तिक लगाउनाले परिवारमा भगवान गणेशको आशीर्वाद कायम रहन्छ । घरमा पैसा र खानेकुराको कहिल्यै कमी हुँदैन । स्वस्तिकलाई सकारात्मक उर्जाको प्रतीक पनि मानिन्छ । त्यसैले जहाँ स्वस्तिक बनाइन्छ, त्यहाँ कहिल्यै नकारात्मकता हुँदैन भन्ने विश्वास हिन्दू समुदायमा रहँदै आएको छ ।