
चर्चित मोडेल तथा नायिका नम्रता सापकोटा ओशो सन्यासी बनेकी छिन् । नागार्जुनस्थित ओशो तपोवनमा शनिबार उनी सन्यासी बनेकी हुन् ।
आफ्नो व्यस्त जीवनलाई छोडेर केही दिन योग, ध्यान र अध्यात्ममा हराउनको लागि सापकोटा पाँचदिनको लागि तपोवनमा छिन् ।

ओशोको जन्मदिन डिसेम्बर ११ अर्थात शनिबार को शुभदिनमा उनले बोधिसत्व स्वामी आनन्द अरुणबाट ओशोको दिक्षा लिएकी हुन् ।

दिक्षा ग्रहणपछि खुसी साँट्दै उनले लामो समय देखि आफू ओशोलाई पढ्दै आइरहेको भएपनि बल्ल आएर ओशो सन्यासी हुने साइत जुरेको भन्दै सन्यासको क्षणको चरम आनन्द शब्दमा व्यक्त गर्न नसकिने बताइन ।

अभिनय र सुन्दरतामा अब्बल सापकोटाले कयौं नेपाली चलचित्रहरुमा अभिनय गरिसकेकी छिनभने सयौं म्युजिक भिडियोमा उनलाई देख्न सकिन्छ ।
