दुर्गा प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौँ– नेकपा एमालेको बैठकले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको छ । सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मनोनितको नाम प्रस्ताव गरेका हुन् । दुर्गा प्रसाईँ झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा सञ्चालक हुन् ।

    छलफल नगरेरै प्रस्ताव पुगेको भन्दै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्टलगायतले भने विरोध गरेका छन् ।

    विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनितका लागि प्रस्ताव गरिएको जनायइएको छ ।