
काठमाडौँ– नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा नयाँ कार्यसमिति सदस्य पदका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
१३ पदाधिकारीसहित १३४ कार्यसमिति सदस्यका लागि मनोनयन गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो ।
प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।