
श्रीरामलाई आदर्श पुरुष र सीतालाई उनकी महान पत्नी मानिन्छ । उनीहरुको वैवाहिक जीवनलाई केही विशेष कुराले उत्कृष्ट बनाएको छ । आफ्नो वैवाहिक जीवनमा श्रीरामले सीतालाई विश्वास र निस्वार्थ प्रेम गर्थे, जबकि सीताले श्रीरामलाई सधैं त्याग र इमानदारीका पुर्वक साथ दिएकी थिइन् । त्यसैले अरु मानिले पनि आफ्नो दाम्पत्य जीवनलाई सुखी बनाउन भगवान राम रसीताको जीवनीबाट केही अनुसरण गर्न सके जीवन सुखी बन्न सक्छ ।
भगवान राम निर्वासित हुँदा सीताले उनीसँगै जाने निर्णय गरिन् । भगवान रामले सीतालाई दरबारमा बस्न अनुरोध गरेका थिए तर सीताले भगवान रामसँग वनवासमा जाने निर्णय गरिन । हामीले भगवान राम र सीताको वैवाहिक जीवनबाट सिक्नुपर्छ कि पति र पत्नीले एक अर्कालाई हरेक परिस्थितिमा साथ दिनुपर्छ ।
वैवाहिक जीवनलाई बलियो बनाउन एक अर्काको लागि त्याग गर्नुपर्छ । सीताले दरबार छोडेर भगवान रामसँग वनमा बस्ने निर्णय गरिन् । यदि तपाई पनि आफ्नो वैवाहिक जीवनलाई बलियो बनाउन चाहनुहुन्छ भने, एक अर्काको लागि त्याग गर्न सिक्नुपर्छ ।
विश्वास कुनै पनि सम्बन्धको आधार हो । सम्बन्धलाई मजबुत बनाउन एक अर्कामा भरोसा राख्नुपर्छ । सीतालाई भगवान रामप्रति पूर्ण आस्था थियो । जब रावणले सीतालाई अपहरण गरेर लंका लगे तब सीताले हार मानिनन् किनभने रामले रावणको अन्त्य गरेर मलाई यहाँबाट लैजानुहुन्छ भन्ने सीमामा भगवान रामप्रति पूर्ण विश्वास थियो ।
भगवान राम र माता सीताको दाम्पत्य जीवनमा कुनै प्रकारको स्वार्थ थिएन । वैवाहिक जीवनलाई मजबुत बनाउन निस्स्वार्थ प्रेम गर्नु अति आवश्यक छ । साँचो प्रेम त्यो हो जुन निस्वार्थी रूपमा गरिन्छ ।
सम्बन्धलाई बलियो बनाउन इमानदारी धेरै महत्त्वपूर्ण छ । सीता र भगवान रामको वैवाहिक जीवनबाट हामीले एकअर्काप्रति इमानदार हुन सिक्नुपर्छ । यदि तपाईं सम्बन्ध बलियो बनाउन चाहनुहुन्छ भने एक अर्काप्रति इमानदार हुनै पर्छ ।








