रिजालले गरे रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौँ- कांग्रेस महामन्त्री पदमा हार्ने संकेत देखिएपछि डा.मिनेन्द्र रिजालले  सामाजीक सञ्जाल फेसबुक मार्फत रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ रिजालले भनेका छन्’,अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’