पाँच सहमहामन्त्रीका लागि मतगणना गरिँदै

Lok Bhatta ४ वर्ष अघि
  • काठमाडौँ – नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत आज पाँच जना सहमहामन्त्रीको मतगणना गरिँदैछ।

    खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

    शेरबहादुर देउवा पक्षका महेन्द्र यादव र शेखर कोइराला पक्षका रामकृष्ण यादव मधेशीतर्फ प्रतिस्पर्धी छन् । मुस्लिमतर्फ देउवा पक्षका फर मुल्लाह मन्सुर र कोइराला पक्षका शेख वकील चुनावी प्रतिस्पर्धामा छन् ।

    खस आर्यतर्फ देवराज चालिसे र किशोर सिंह राठोर उम्मेदवार रहेका छन् भने पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे र जीवनबहादुर शाही प्रतिस्पर्धी हुन्। थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र कोइराला पक्षबाट तेजुलाल चौधरी चुनावी मैदानमा छन् ।

    आठ सहमहामन्त्री मध्य यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज आङ्देम्बे विजयी भइसकेका छन्। उनीहरु सभापति शेरबादुर देउवा पक्षका हुन्।

    दलित समूहबाट भने शेखर कोइराला पक्षका जीवन परियार सहमहामन्त्रीमा विजयी भएका छन् । यसअघि बिहीबार सार्वजनिक भएको मतपरिणाम अनुसार महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

    काठमाडौँ – नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत आज पाँच जना सहमहामन्त्रीको मतगणना गरिँदैछ।