
जापानको ओसाका सहरको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ । जापानी प्रसारक निप्पोन होसो क्योकाई (एनएचके) ले शुक्रबार बजारमा रहेको आठ तले भवनको चौथो वा पाँचौं तल्लामा आगलागी भएको जनाएको छ। घटनामा २८ जनाको मृत्यु भएको आशंका गरिएको छ, जसमध्ये २७ जनाको मुटु वा फोक्सो गुमाएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन । भवनमा लागेको आगो आधा घण्टामा नियन्त्रणमा आएको थियो ।
जापानको व्यापारिक जिल्ला मानिने ओसाका सहरमा आगलागी भएको स्थानीय दमकल विभागले जनाएको छ । आगलागीका कारण भवनभित्र रहेका २७ जनाको मृत्यु भएको विभागले जनाएको छ । यो आगो भवन भित्र धेरै तीव्र गतिमा फैलिएको थियो। आगलागी भएको भवन आठ तले रहेको छ ।
टिभीमा प्रसारित घटनाका तस्बिरहरूमा दर्जनौं अग्निनियन्त्रकहरूले भवन भित्र र बाहिर आगो निभाएको देखाइएको छ ।