
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार विश्वलाई यस वर्षको अन्त्यसम्ममा विश्वको ४० प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य पूरा गर्न ठोस कदम चाल्न अपिल गरेका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को बढ्दो प्रकोपबीच भिडियो कन्फरेन्समा गुटेरेसले पत्रकारहरुलाई भने, ‘खोपमा भएको असमानताले कोरोना भाइरसको नयाँ संस्करण फैलाउन मद्दत गरिरहेको छ ।
गत हप्ता एक संक्रमित व्यक्तिको सम्पर्कमा आएका गुटेरेस आजकल घरबाटै काम गरिरहेका छन् । गुटेरेसको अनुसन्धानले पुष्टि गरेको छ कि उनी संक्रमित छैनन्, तर उनी सावधानीका रूपमा यो हप्ताको अन्त्यसम्म अलग्गै बस्नेछन् । गुटेरेसले भने, ‘खोपलाई भण्डारण गर्ने, खोपलाई राष्ट्रवादको मुद्दा बनाउने वा कूटनीतिक विषय बनाउने रणनीति असफल भएको छ । यो नयाँ संस्करणले यो असफलता झल्काउँछ ।
द्रुत रूपमा फैलिरहेको ’ओमिक्रोन भेरियन्ट’
वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिएका छन् कि खोपमा असमानताले भाइरसको नयाँ रूपहरू देखा पर्न सक्छ, किनकि संक्रमणको अधिक फैलावटले भाइरसलाई उत्परिवर्तन गर्ने थप अवसर दिन्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे थप जानकारी अझै उपलब्ध छैन तर विश्व स्वास्थ्य संगठनेले यो अन्य भेरियन्टको तुलनामा तिब्र गतिमा फैलिरहेको जनाएको छ ।
गुटेरेसले भने कि हामीसँग दुई हप्ता मात्र छ । ९८ देशले अझै पनि डब्ल्यूएचओको ४० प्रतिशत खोपको लक्ष्य पूरा गर्न सकेका छैनन् । एकै समयमा, ४० देशहरूमा जनसंख्याको १० प्रतिशत मात्र खोप लगाइएको छ । गुटेर्रेसले वर्षको अन्त्यसम्ममा यो लक्ष्य हासिल गर्न सबै देशहरू, विशेषगरी क्षमता भएका मुलुकले आगामी दिनमा थप प्रगतिका लागि ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।
उनले डब्लुएचओको अर्को लक्ष्यतर्फ अघि बढ्न थप महत्वाकांक्षी रहेको बताए । विश्व स्वास्थ्य संगठनले आगामी वर्षको मध्यसम्ममा विश्वको ७० प्रतिशत जनसंख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।