
आलुम्बिनी प्रदेशका नौ जिल्लामा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइदैछ ।
लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।
खोप १४ पुससम्म सञ्चालन गर्ने कार्यक्रम रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीले जनाएको छ । अहिले रुपन्देही, दाङ र बाँकेमा भने १२ वर्षमाथिका बालबालिका र दीर्घरोगीका लागि फाइजर खोपको दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।