ओमान नजिकै इरानी नौसेनाको शक्ति प्रदर्शन

Lok Bhatta ३ वर्ष अघि
  • तेहरान ‐ आणविक कार्यक्रमलाई लिएर अमेरिकासँगको तनावका बीच इरानले स्ट्रेट अफ हर्मुज नजिकै ठूलो नौसैनिक अभ्यास गरेको छ । इरानको रिभोलुसनरी गार्डले पाँच दिने अभ्यासमा जमिन, वायु र नौसैनिक शक्ति प्रदर्शन गरेको जनाएको छ । विश्वको कच्चा तेलको एक पाँचौं व्यापार यही मार्गबाट हुन्छ । इरानको यो शक्ति प्रदर्शनलाई अमेरिकाका लागि प्रत्यक्ष चुनौती मानिएको छ ।

    इरानले स्ट्रेट अफ हर्मुज नजिकैको टापु नजिकै यो अभ्यास गरेको छ, जहाँ २०१६ मा अमेरिकी नौसेनाको दुईवटा गस्ती डुङ्गा कब्जा गरिएको थियो । त्यसबेला इरानले अमेरिकी नौसेनाका १० जना नाविकलाई पनि पक्राउ गरेको थियो । जनवरीमा इरानले सोही क्षेत्रमा दक्षिण कोरियाको एउटा तेल ट्याङ्कर कब्जा गरेको थियो ।