कुन रोगको पछाडि वास्तु दोष हुन सक्छ ? जान्नुहोस्

Lok Bhatta ३ वर्ष अघि
  • जोर्नी दुख्नेः वास्तुशास्त्र अनुसार घरको भित्तामा चिरा पर्दा जोर्नी दुख्ने वा गठियाको समस्या हुन्छ । यति मात्र होइन, दाग पनि यसको कारण बन्न सक्छ।

    हार्ट अट्याकः वास्तुका अनुसार घरमा प्रवेश वा खाली ठाउँ दक्षिण–पश्चिम दिशामा राख्नु राम्रो होइन। यसले हृदयघातको सम्भावना पनि बढाउँछ ।

    चक्कर लाग्ने वा बेचैनी : घरको मालिक उत्तरमा टाउको र दक्षिणमा खुट्टा राखेर सुत्ने हो भने उनलाई चक्कर लाग्ने वा बेचैनी हुन सक्छ। यति मात्र होइन, यस्तो अवस्थामा निद्रा नलाग्ने समस्या पनि हुन सक्छ ।

    निद्रा नलाग्ने : वास्तुका अनुसार पूर्वमा धेरै निर्माण र पश्चिममा खाली ठाउँ भए पनि घरका सदस्यलाई निद्रा नलाग्ने समस्याले सताउन सक्छ ।

    गृहिणीलाई रोग लाग्नुः हेर्दा घरकी गृहिणीले दक्षिण दिशातर्फ फर्केर खाना पकाउँदा पनि रोगको सामना गर्नुपर्ने हुन्छ । उसलाई आँखा, नाक, कान र घाँटीको समस्या हुन सक्छ ।