कलियुगको कल्पवृक्ष मानिने पीपलको पुजा कुन विधिले गर्ने ?

Lok Bhatta २ वर्ष अघि
  • हिन्दू धर्ममा पीपल एउटा असाध्यै पूजनीय रुख हो, जसमा देवताहरू मात्र नभएर पितृहरू पनि बास गर्छन् । पिपलको रुखको खोडमा ब्रह्मा, खोडमा भगवान विष्णु र माथिल्लो भागमा शिवको वास रहेको जनविश्वास रहेको छ । विधि अनुसार पिपलको पूजा गर्नाले जीवनसँग सम्बन्धित सबै दुःख हटेर सुख, समृद्धि र सौभाग्य प्राप्त हुने जनविश्वास छ ।

    पीपल मुनि शिव र हनुमानको पूजा गर्नुहोस्

    यदि तपाईं बजरंगीको भक्त हुनुहुन्छ र उहाँको आशीर्वाद छिट्टै प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईंले पीपलको रूखमुनि उहाँको विशेष साधना गर्नुपर्छ । पिपलको रुखमुनि हनुमानजी र भगवान शिवको पूजा गर्नाले छिट्टै कल्याण मिल्ने जनविश्वास छ ।

    सुख र धनको लागि गर्नुहोस् यी उपाय

    हिन्दू धर्ममा अत्यन्त पुजनीय मानिने पीपलबारे शनिबारको दिन पिपलको रुखमा लक्ष्मीको वास हुने जनविश्वास रहेको छ । यस्तो अवस्थामा धनकी देवीको कृपा प्राप्त गर्न यस दिन पिपलको रुखमा जल चढाउनुपर्छ । त्यसैगरी बिहीबार र शनिबार पिपलमा जल चढाउँदा जीवनसँग सम्बन्धित सबै कष्ट हटेर सुख र सौभाग्य प्राप्त हुन्छ ।

    पीपलबाट शनिको पीडा हट्नेछ

    ज्योतिष शास्त्रका अनुसार शनिदोष हटाउनका लागि पीपलको पूजा निकै फलदायी हुन्छ । यदि शनिको धैय्या, सदेशती वा महादशा चलिरहेको छ भने शनिबार पिपलको रुखको पूजा गर्नुपर्छ । शनिबार पीपलमुनि तोरीको तेलको दियो प्रज्वलन गर्नाले शनिदेव प्रसन्न भई साधकको दुःख हट्ने जनविश्वास रहेको छ ।

    पिपलको पूजा गर्दा यी कुरामा ध्यान दिनुहोस्

    पीपलको पूजा गर्दा साधकले सदैव केही विशेष नियमहरू याद गर्नुपर्छ । जसरी आइतवारको दिन पिपलको रुखमा पानी हाल्नु हुँदैन, त्यसैगरी पिपलको रुखलाई काट्नु हुँदैन, नत्र त्यसबाट उत्पन्न हुने दोषले परिवारको वृद्धि रोकिन्छ । शास्त्रका अनुसार सूर्योदयअघि पीपलको रुखको पूजा गर्नुहुँदैन किनभने त्यसबेला पीपलमा पिपलकी बहिनी दरिद्राको वास हुन्छ । जसका कारण तपाईको घरमा दुःख र गरिबी आउन सक्छ । पिपलको रुखको परिक्रमा गर्दा जीवनसँग सम्बन्धित सबै दोष हट्ने जनविश्वास छ ।