संसारकै सबैभन्दा विषालु बिच्छी, जसको विषको मूल्य करोडौं रुपैयाँ पर्छ

Lok Bhatta ४ वर्ष अघि
  • संसारमा धेरै प्रकारका विषालु जीवहरू पाइन्छन् । माकुरा, जेलीफिस र नीलो अक्टोपस देखि सर्प र बिच्छी सम्म । के तपाईलाई संसारको सबैभन्दा विषालु बिच्छीको बारेमा थाहा छ? आज हामी यसैको बारेमा यहाँ बताइरहेका छौ ं। यो बिच्छी क्युबामा पाइन्छ । सामान्य बिच्छीहरूको विपरीत, यो नीलो रंगको हुन्छ । यो जति खतरनाक र विषालु हुन्छ, त्यति नै मूल्यवान हुन्छ ।

    रिपोर्टका अनुसार यो बिच्छीको विषबाट धेरै प्रकारका औषधि बनाइन्छ । त्यसैले यसको विषको मूल्य करोडौंमा पर्छ । थाइल्यान्डमा पाइने विषालु सर्प किङ कोब्राको विषको मूल्य प्रतिलिटर ३०–३२ करोड भारु भए पनि यो निलो बिच्छीको विषको मूल्य प्रतिलिटर ७६ करोड रुपैयाँ पर्छ ।

    यो बिच्छीको विषबाट क्यान्सरको औषधि ‘भिडाटक्स’ बनाइएको हो । क्युबामा यो औषधिबाट निको नहुने रोग क्यान्सरलाई जरैदेखि मेटाउन सकिने दाबी गरिएको छ । यसको विषमा ५० लाखभन्दा बढी कम्पाउण्डहरू रहेको दाबी गरिएको छ, जसमध्ये थोरैलाई पहिचान गरिएको छ । यसको विषबाट अन्य धेरै रोगको औषधि बन्ने सम्भावना रहेको दाबी गरिएको छ ।

    इजरायलको तेल अवीव विश्वविद्यालयका प्रोफेसर माइकल गुरेविट्जका अनुसार यो बिच्छीको विष धेरै चिकित्सा अनुसन्धान र उपचारका लागि प्रयोग भइरहेको छ । यसमा केही तत्वहरु छन् जसले दुखाइ निवारकको रुपमा पनि काम गर्छ भने यसको विषले हड्डी रोग गठियाबाट बच्न पनि महत्वपूर्ण भूमिका खेल्छ । यसको विषमा पाइने केही तत्वले क्यान्सरका लागि जिम्मेवार कोशिकाको निर्माणलाई रोक्छ भन्ने दाबी गरिएको छ ।

    फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरको रिपोर्टका अनुसार यो निलो बिच्छीको विषलाई ‘अंग प्रत्यारोपण’ गर्दा पनि प्रयोग गर्न सकिन्छ । जब शरीरले नयाँ अंग प्रत्यारोपण गर्न अस्वीकार गर्छ, यस्तो अवस्थामा सिंथेटिक परिवर्तनका लागि यसको विष बिरामीको शरीरमा इन्जेक्सन गर्न सकिन्छ । यसले गर्दा शरीरको प्रतिरक्षा प्रणालीले छिटो काम गर्न थाल्छ र शरीरले अंगलाई अस्वीकार गर्ने सम्भावना रहँदैन । चिकित्सा जगतमा यी सबै विषयमा धेरै अनुसन्धान भइरहेका छन् ।