घरमा सकारात्मक र नकारात्मक दुवै ऊर्जा मुख्य ढोकाबाट आउँछन् । सकारात्मक उर्जाको प्रवाह सुनिश्चित गर्न र निवासीहरूलाई खुशी राख्न मुख्य ढोकामा स्वस्तिक चिन्ह लगाउनुहोस् ।
कुबेर उत्तर दिशामा बास गर्ने भएकाले यस दिशामा विशेष ध्यान दिनु आवश्यक छ । कुबेरको मूर्तिलाई उत्तर दिशामा राख्नाले आर्थिक संकटको सामना गर्नु पर्दैन ।
वास्तुशास्त्र अनुसार घरमा सकारात्मक उर्जा ल्याउन पूर्व दिशामा बिरुवा रोप्नुहोस् । नयाँ वर्षको दिन बिरुवामा पानी हाल्दा धनसम्पत्ति प्राप्तिको सम्भावना हुन्छ र परिवारका सदस्यहरुबीच भाइचारा कायम रहन्छ ।
घरमा धन र समृद्धिको लागि उत्तर दिशालाई निकै महत्वपूर्ण मानिन्छ । फाटेको लुगा, फोहोर र फुटेको इलेक्ट्रोनिक उपकरणलाई यस दिशामा कहिल्यै नराख्नुहोस् ।
वास्तुशास्त्रका अनुसार नयाँ वर्षको दिन साँझ मन्दिरमा पूजा गरेपछि गंगाजल घरभर छर्किनुपर्छ । यस दिन पूजाघरमा शंख राख्नुपर्छ । यसो गर्नाले घरमा सुख शान्ति कायम रहने जनविश्वास छ ।