
वासिङ्टन : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको महाशक्तिशाली टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोपले अनन्त अन्तरिक्षको यात्रा तय गरेको छ । दशकौंको योजना र ढिलाइ पछि, स्पेस टेलिस्कोपलाई क्रिसमसको बिहान अमेरिकाको उत्तर–पूर्वी तटमा रहेको फ्रेन्च गुयाना स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो । १० अर्ब डलरको यो टेलिस्कोपले अब अन्तरिक्षमा पृथ्वीको आँखाले हबललाई प्रतिस्थापन गर्नेछ । अमेरिकी वैज्ञानिकहरुका अनुसार यो टेलिस्कोपले अन्तरिक्षमा एलियनको जीवन खोज्ने छ ।
अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीले यो टेलिस्कोप लन्च भएको ५ वर्षभित्र जेम्स वेब टेलिस्कोपले अनन्त अन्तरिक्षमा एलियन जीवनको संकेत खोज्ने दाबी गरेको छ । विद्यार्थी क्याप्रिस फिलिपको अनुमान छ कि यो टेलिस्कोपले केही परिक्रमा पछि बौने ग्रह भित्र रहेको अमोनिया पहिचान गर्नेछ, जुन जीवित जीवहरूले उत्पादन गरेको हो । जेम्स वेब टेलिस्कोपलाई ‘टाइम मेसिन’ भनिएको छ जसले ब्रह्माण्डको रहस्य खोलेर संसारमा पठाउन सक्छ ।