
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा र हिमपात भैरहेको छ । काठमाडौंका डाँडामा पनि हिउँ परेको देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बुधबार बिहान काठमाडौंमा १० दशमलव ७ मिलिमिटर वर्षा भएकोे छ ।
कीर्तिपुरमा ११ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ । अहिले पनि काठमाडौँमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको विवरण अनुसार दिपालयमा १२, डडेल्धुरामा १२ दशमलव २ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २ दशमलव ६ र घोराहीमा शुन्य दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।
पोखरामा ६ दशमलव ५, भैरहवामा १२ दशमलव ६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२ दशमलव ३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २ दशमलव ८ र १ दशमलव ५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन । महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ ।