निर्वाचन तोकिएकै मितिमा हुने गृहमन्त्री खाँणको भनाई

Lok Bhatta ३ वर्ष अघि
  • पोखरामा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढंगले सक्ने बताएका छन् । निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

    एमसीसी संसदबाट पास गर्ने दाबी उनले गरेका छन् । एमसीसी नेपालको भौतिक विकासका लागि आएकोले , जलविद्युतको ट्रान्समिसन र सडक विस्तारका लागि नै यो परियोजना आएको र कुनै सैन्य परियोजना नभएको भन्दै यस अनुदानको नेपालीले यसको सदुपयोगपर्ने बताएका छन् ।