धेरै ढिलोभए १० वर्षमा मानिस मंगल ग्रहमा उभिने ‐ एलोन मस्कको भविष्यवाणी

Lok Bhatta ३ वर्ष अघि
  • वासिङ्टन
    एलोन मस्कका धेरै पहिचान छन् । उनी विश्वकै धनी व्यक्ति हुन्, टाइम्स म्यागजिनको ‘पर्सन अफ द इयर–२०२१’ उनी, स्पेसएक्स र टेस्लाका मालिक हुन् । तर सबै भन्दाबढी, मस्कलाई ‘स्पेस प्रेमी’ को रूपमा चिनिन्छ । उनी मंगल ग्रहमा मानिस बस्ने सपना देख्दै छन् ।

    मंगलबार भविष्यवाणी गर्दै उनले स्पेसएक्सले आगामी १० वर्षभित्र मानवलाई मंगल ग्रहमा लैजान सक्ने बताए । मस्कले लेक्स फ्रिडम्यान पोडकास्टमा यो बोल्ड दाबी गरेका हुन् ।

    मस्कले आफ्नो विचार दोहो¥याए र भने कि मानव एक ’बहु–ग्रह प्रजाति’ बन्नु पर्छ । उनले स्पेसएक्ससँग अन्तरिक्ष यात्राका लागि प्रविधि विकास गर्ने विस्तृत योजना रहेको बताए । मानवलाई मंगल ग्रहमा जानको समयसीमाबारे मस्कले भने, ‘उत्तम अवस्थामा ५ वर्ष र सबैभन्दा खराब अवस्थामा १० वर्ष लाग्न सक्छ । उनले मानवलाई अन्तरिक्षमा लैजानको लागि अन्तरिक्षयान निर्माणमा भर पर्ने यात्राको समयावधि रहेको बताए ।

    फ्लोरिडामा स्पेस एक्स निर्माण लन्चप्याड

    मस्कले भने कि स्टारशिप अहिलेसम्म बनेको सबैभन्दा जटिल र उन्नत रकेट हो । यो वास्तवमै अर्को स्तर हो । मस्कको मंगल ग्रहमा मानव बसोबासको लक्ष्य पूरा गर्न स्पेस एक्स ले हालैका वर्षहरूमा आफ्नो सञ्चालनलाई तीव्र पारेको छ । यस महिनाको सुरुमा मस्कले खुलासा गरे कि स्पेस एक्स ले फ्लोरिडामा लन्चप्याडको निर्माण सुरु गरेको छ जसमा स्टारशिप रकेटहरू रहनेछन् ।

    मस्कको कम्पनी लागत कटौतीमा

    एक पोडकास्ट अन्तर्वार्तामा, मस्कले भने कि उनको कम्पनीले मंगल ग्रहको यात्राको अनुमानित लागत कटौती गर्न र स्टारशिप डिजाइन गर्न काम गरिरहेको छ । यसअघि युरोपेली अन्तरिक्ष एजेन्सी र चीनले एलोन मस्कको महत्वाकांक्षी परियोजना स्टारलिङ्कलाई निशाना बनाएका थिए । भर्खरै, मस्कको उपग्रहले अन्तरिक्षमा रहेको चिनियाँ स्पेस स्टेसनमा ठोक्नबाट जोगिएको थियो ।