पाल्पामा मलामी बाेकेकाे बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Nepal Om ३ वर्ष अघि
  • पाल्पा,१८ पुस । पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा आज बिहान मलामी बाेकेकाे बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका ८ मध्ये ७ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।उनीलाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।    

    बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस बिहान १०:३० बजे दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए। बसमा करिब ३५ जना मलामी सवार थिए ।  बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी खटिएका थिए ।