बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक जारी

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौं
    आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

    सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाउने तयारीमा छन् । मंगलबार उम्मेदवारी दर्ताको दिन भएकाले सिट भागबण्डा गर्ने प्रयास भइरहेको छ ।

    एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना गरी २० सांसद चार वर्षे कार्यकाल पूरा गरी फागुनबाट बिदा हुँदैछन् । राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि ७ वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन हुने छ ।