नयाँ वर्षमा फ्रान्समा किन जलाइयो ८७४ सवारी साधन, यो विवादास्पद परम्पराको कारण के हो ?

Lok Bhatta ३ वर्ष अघि
  • हरेक वर्ष झै यस वर्ष पनि फ्रान्समा नयाँ वर्षको अवसरमा सवारीसाधन जलाइएको छ । यो परम्परा करिब ३ दशक अघिदेखि सुरु भएको हो । यही परम्पराका कारण धेरै विवाद पनि जन्मिएका छन् । प्रहरीका अनुसार यो परम्पराको आडमा मानिसहरूले आफ्नो आपराधिक कार्य लुकाउन खोजेका छन् । क्षतिग्रस्त सवारी साधनको बिमा रकम प्राप्त गर्न पनि धेरैले यस्तो गर्छन् ।

    १९९० को दशकमा स्ट्रासबर्गमा कार जलाउने अभ्यास सुरु भयो। आर्थिक अभावसँग संघर्ष गरिरहेका युवाहरूले यसको सुरुवात गरेका हुन् । यो परम्परा विरोधको प्रतीक थियो, तर बिस्तारै यो विवादास्पद बन्यो। सन् २००५ मा फ्रान्समा आवासीय परियोजनाको विरोधमा ९ हजार सवारी साधनमा आगजनी गरिएको थियो । यसरी यो चलन बन्यो ।

    बिस्तारै यो विरोधको प्रतीक नयाँ वर्षको उत्सवको हिस्सा बन्यो । यस वर्ष नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा जम्मा ८ सय ७४ सवारी साधनमा आगजनी भएको थियो । तर, २०१९ को तुलनामा संख्या कम थियो । २०१९मा यहाँ १३१६ कार जलेको थियो। प्रहरीले सवारी साधन जलाएका ४ सय ४१ जनासँग सोधपुछ पनि गरेको छ ।

    मिडिया रिपोर्टका अनुसार कार जलाउने प्रचलन विरोधस्वरूप सुरु भएको थियो तर अहिले यसलाई धेरै कुरासँग जोडिएको छ । कतिपयले बिमा रकम लिन गाडीमा आगजनी गरेका छन् । केही युवाले बदला लिन अरुको गाडी जलाउँछन् । यसैबीच, प्रतिवेदनमा यो पनि भनिएको छ कि कतिपय व्यक्तिले प्रमाण लुकाउन अपराध गरेपछि पनि यस्तो गर्ने गरेका छन् । त्यसैले पनि यसको चलन रोकिएको छैन ।

    यस प्रचलनमा चार प्रहरी घाइते भएको यहाँका अधिकारीहरुले बताएका छन् । विगत केही वर्षको तुलनामा यस वर्ष गाडी जलाउनेको संख्यामा कमी आएको छ । यसको कारण कोरोना महामारी हो ।