काठमाडौं– राप्रपाले केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षसहित १४९ जना निर्वाचित भएका थिए। राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । पहिलो चरणमा ३१ जना केन्द्रीय सदस्य मनोनयन गरिएको लिङ्देनको सचिवालयले जनाएको छ ।
राप्रपाले मनोनयन गरेको सदस्यमा दीपक बोहरा (रुपन्देही), हरिबहादुर बस्नेत (उदयपुर), नवराज सुवेदी (रामेछाप), बालाराम घर्ती मगर (रोल्पा), टंक ढकाल (भोजपुर), प्रेमबहादुर भण्डारी (बाँके), निरञ्जन थापा (रुपन्देही), भीमप्रसाद गौचन (म्याग्दी), हेमजंग गुरुङ (लमजुङ), ठाकुरप्रसाद शर्मा (धादिङ), रामकुमार सुब्बा (सुनसरी), मुकुन्दश्याम गिरी (सुर्खेत) छन् ।
यसैगरी दिनेश श्रेष्ठ (भक्तपुर), प्रा.डा.गीताभक्त जोशी (काठमाडौं), भक्तिप्रसाद सिटौला (झापा), मोहनकुमार श्रेष्ठ (गोरखा), झनक प्याकुरेल (नुवाकोट), श्यामबहादुर शाही (अछाम), एजी शेर्पा (सोलुखुम्बु), पुष्पराज पुरुष (ललितपुर), रमानन्द न्यौपाने (जुम्ला), सरोजा शर्मा (नवलपरासी), रामप्रताप साह (भोला) (सिराहा), रविन चाम्लिङ (खोटाङ), उदयराज पोखरेल (स्याङ्जा), सरस्वती केसी अधिकारी (काठमाडौं), दिनेश कार्की (रामेछाप), वीरेन्द्र बम (कैलाली), केशवचन्द्र समाल (रुकुम पूर्व), अम्बरबहादुर विष्ट (झापा) र नवीन शाही (काठमाडौं) केन्द्रीय सदस्यमा मनोनित भएका छन्