फिलाडेल्फियामा अहिलेसम्मकै भीषण आगलागी, ८ बालबालिकासहित १२ जनाको मृत्यु

Lok Bhatta ३ वर्ष अघि
  • अमेरिकाको फिलाडेल्फियामा एउटा दुई तले घरमा आगलागी हुँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ । दुई जनालाई अस्पताल पठाइएको र अन्य घाइतेको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् ।

    बुधबार बिहानै लागेको आगलागीको कारण पनि खुल्न सकेको छैन । सहरमा अहिलेसम्म भएको यो सबैभन्दा ठूलो दुर्घटना हो । जसमा आगलागीका कारण धेरैको मृत्यु भएको छ अधिकारीहरूले घटनामा मारिएका व्यक्तिहरूको नाम र उमेर भने खुलाएका छैनन् । आगलागी बिहान ६.३० बजे सुरु भएको थियो । कम्तिमा आठ जना आगलागीबाट जोगिन सफल भएका छन् ।

    घटनामा थप हताहती हुन सक्ने अधिकारीहरुले आशंका गरेका छन् । आगलागि भएको घरमा २६ जना मानिस बस्थे। आगलागीको बारेमा घरमा सचेत गराउने अलार्मले काम नगरेको देखाएको दमकल अधिकारीले जनाएका छन् ।