राम्रो स्वास्थ्य र रोगहरूबाट बच्नको लागि यी वास्तु टिप्सहरू पालना गर्नुहोस्

Lok Bhatta ३ वर्ष अघि
  • नियमित रूपमा योग र ध्यान गर्नुहोस् – नियमित रूपमा उत्तर–पूर्व दिशामा फर्केर योग र ध्यान गर्नाले तपाईं मानसिक रूपमा स्वस्थ रहनुहुन्छ। यसले मानसिक तनाव हटाउँछ।

    उत्तर–पूर्व दिशामा पूजा – उत्तर–पूर्व दिशामा पूजा गर्नाले सकारात्मक ऊर्जा बढ्छ, तनाव कम हुन्छ र आन्तरिक शान्ति प्राप्त हुन्छ। यदि कुनै जप गर्नुहुन्छ भने, यो दिशातिर फर्केर पनि गर्न सकिन्छ । यसो गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

    हल्का रङको प्रयोग – घरमा हल्का रङको प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । फर्निचर, पर्दा, बेडसिट, कुसन आदिका लागि हल्का रंग छनोट गर्नुपर्छ। घरमा गाढा रंगको प्रयोग नगर्नुहोस्।

    मुस्कुराएको तस्बिर राख्नुहोस् – सम्पूर्ण परिवारको राम्रो स्वास्थ्यको लागि उत्तर–पश्चिम दिशामा घरको मुखिया वा सम्पूर्ण परिवारको मुस्कुराएको फोटो राख्नुहोस्। जसका कारण परिवारका सदस्यहरुमा सकारात्मकता कायम रहन्छ ।

    औषधि सही दिशामा राख्नुहोस् – यदि कुनै व्यक्तिको घरमा उपचार भइरहेको छ भने उसले आफ्नो औषधि उत्तर वा उत्तर–पूर्व दिशामा मात्र राख्नु पर्छ। यस दिशामा छिटो रिकभरीको लागि ठाउँ हुनुपर्छ।