वासिङ्टन
विश्वको सबैभन्दा ठूलो विमान रक फेरि आकाशमा उड्न थालेको छ । आइतबार यो विमानले करिब ८ महिनापछि पहिलो पटक परीक्षण उडान गरेको हो । यो विमानले ४ घण्टा २३ मिनेट हावामा बसेर आफ्नो क्षमता देखायो । यस क्रममो उच्च पहाडी क्षेत्र पनि पार गरेको थियो । यो विमान बनाउने कम्पनी स्ट्र्याटोलान्चका अनुसार यो विमान २३५०० फिटको उचाइमा पुगेको थियो ।
कम्पनीले यो विमानको उत्कृष्ट उडान भएको बताएको छ । अघिल्लो उडानमा विमान करिब १७ हजार फिटको उचाइमा पुगेको थियो । यो विमान ३५ हजार फिटसम्मको उचाइमा उड्ने गरी डिजाइन गरिएको हो । कम्पनीका सीईओले भने कि यो सफल उडानले यो प्रतिबिम्बित गर्दछ र विमानले राम्रो काम गरिरहेको पुष्टि गर्दछ। यो विमानमा बोइङ ७४७ को ६ इन्जिन छ र यसबाट हाइपरसोनिक विमान हावामा लन्च गर्न सकिन्छ ।
यो विमानले रकेट प्रक्षेपण गर्न सक्षम हुनेछ
यस विमानको इतिहासमा यो तेस्रो उडान थियो । यो अमेरिकाको क्यालिफोर्निया राज्यको एयरपोर्टबाट उडाइएको थियो । यो विमानको पखेटा ११७ मिटर छ। स्ट्र्याटोलान्च माइक्रोसफ्टका सह–संस्थापक पाल एलेनले २०११ मा स्थापना गरेका थिए। यो विमान बनाउनुको उद्देश्य हावाबाटै स्याटेलाइट सजिलै अन्तरिक्षमा पठाउन सकोस् । यो विमान सुपरसोनिक सवारीसाधनलाई आकाशमा लैजान सक्षम छ ।
यसमा जडान गरिएका ६ शक्तिशाली इन्जिनले २४९४७५.८०४ किलोग्राम तौल हावामा ३५ हजार फिटको उचाइमा लैजान सक्छ । यो एक अवधारणा विमान हो जसले ठूलो उचाइबाट रकेट प्रक्षेपण गर्न सक्छ । यसले भविष्यमा परम्परागत रूपमा उपग्रह प्रक्षेपण गर्ने वैकल्पिक माध्यम प्रदान गर्न सक्छ। यो कम्पनी २०१८ मा पल एलनको मृत्यु पछि बेचिएको थियो। यसका नयाँ मालिकहरू अब यो विमानबाट हाइपरसोनिक रकेट प्रक्षेपण गर्न चाहन्छन्, जसको गति ध्वनिभन्दा ५ गुणा बढी छ।