टिभीमा डेब्यूको दिन बोल्ड अवतारमा देखिएकी परिणीति चोपडा (फोटो फिचर)

Lok Bhatta ३ वर्ष अघि
  • परिणिती चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट केही तस्बिरहरू सेयर गरेकी छिन्, यी तस्विरहरू अभिनेत्रीले आफ्नो टिभी डेब्यु एपिसोड अघि पोस्ट गरेका हुन् । वास्तवमा परिणीति कलर्स टिभीको शो ‘हुनरबाज’ बाट टिभीको दुनियाँमा प्रवेश गर्न लागेकी छिन् ।

    परिणिती चोपडाले यी तस्विरको क्याप्सनमा लेखेकी छिन् ‐ हामी सबैलाई शुभकामना दिनुस । उनीहरुले ह्यासट्यागमा हुनरबाज र कलर्स टिभीको उल्लेख गरेका छन् ।

    यी तस्विरहरूमा परिणीति निकै सुन्दर र बोल्ड देखिएकी छिन् । उनले सेतो रंगको लुगा लगाएकी छिन् । उनको लुक्स एकदमै फरक र विशेष देखिन्छ ।

    परिणीति चोपडाका यी तस्बिरमा धेरै कमेन्ट आइरहेका छन् । उनका फ्यानहरुले उनलाई नयाँ शोको लागि शुभकामना दिइरहेका छन् ।

    यस शो ‘हुनरबाज’ मा परिणिती चोपडासँगै करण जोहर र मिथुन चक्रवर्ती पनि जजको भूमिकामा देखिनेछन् । यस शोको प्रोमोलाई पहिले नै मन पराइसकेको छ ।