घरमा पारिजातको बिरुवा लगाउँदा हुने फाइदा

Lok Bhatta ४ वर्ष अघि
  • पारिजातलाई हरसिङगर पनि भनिन्छ । साधारणतया मानिसहरूले पूजामा पारिजातको फूल प्रयोग गर्छन्। यी फूलहरू धेरै मनमोहक छन्। वास्तुशास्त्रमा पारिजात रूखको ठूलो महत्व छ।

    घरमै पारिजातको बिरुवा रोप्न सकिन्छ । वास्तुशास्त्र अनुसार जहाँ यो रुख हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ । घरमा पारिजात राख्दा सुख–समृद्धि आउँछ । यो बिरुवाले वास्तु दोषलाई हटाउँछ।

    वास्तुशास्त्र अनुसार पारिजात बिरुवाले नकारात्मकतालाई हटाउँछ । जहाँ यो बिरुवा छ, त्यहाँ सकारात्मक ऊर्जाको संचार हुन्छ। पारिजात फूलको सुगन्धले मनलाई शान्त पार्नुका साथै मानसिक तनाव हटाउँछ ।

    पारिजातको फूल राति मात्रै फुल्छ । यसका फूलहरू बिहानै ओइलाउँछन्। आँगनमा यी फूलहरू जहाँ फुल्छन्, त्यहाँ सधैं सुख शान्ति रहिरहन्छ। यसको फूलको सुगन्धले जीवनबाट तनाव हटाउँछ । जसका कारण परिवारमा खुसीको वातावरण रहन्छ ।

    पौराणिक कथा अनुसार पारिजात रुखको उत्पत्ति समुन्द्र मन्थनका बेला भएको मानिन्छ । माता लक्ष्मीलाई पारिजातको फूल चढाउनुहोस् । यसो गर्दा लक्ष्मी माता प्रसन्न भई घरमा सदाको लागि बास गर्नुहुन्छ। यही धार्मिक मान्यता रहँदै आएको छ ।