
काठमाडौं– निर्वाचन आयोगले माघ बाह्र (भोली) हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको बताएको छ ।
आयोगले मतदानका लागि सातवटै प्रदेशका मतदान केन्द्रले तयारी पूरा गरेको बताएको छ । राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ । मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रहरु रहनेछन् ।
महामारीको समय भएकाले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोध निर्वाचन आयोगले अनुरोध गरेको छ ।