जनगणनाको प्रारम्भिक नतिजा : २७ लाख जनसंख्या बढ्यो, बद्धिदर घट्यो

Lok Bhatta ३ वर्ष अघि

  • काठमाडौँ – गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

    पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ ।

    जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो ।

    राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।