सिके राउतका कार्यकर्ताले तोडफोड गरे मेयरको गाडी

Lok Bhatta ३ वर्ष अघि
  • जनकपुरधाम

    जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर गणेश प्रसाद प्रसाइको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् ।

    जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।

    उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएका छन् ।