शूर्यको अशुभ प्रभावबाट बचाउनका गुड़का ५ उपाय उपयोगी

Lok Bhatta ३ वर्ष अघि
  • सूर्यलाई ग्रहहरूको राजा भनिन्छ। यदि कुंडलीमा सूर्य कमजोर स्थितिमा छ वा सूर्यको महादशामा रहेको व्यक्तिको स्वास्थ्य र प्रतिष्ठामा असर पर्छ। करियरमा धेरै समस्या आउँछन्, जसका कारण आत्मविश्वास कमजोर हुन थाल्छ । बुवासँग व्यक्तिको सम्बन्ध बिग्रन थाल्छ र निर्णय गर्ने क्षमता पनि कमजोर हुन्छ।

    यदि तपाइँको जिवनमा पनि यस्तै केहि भैरहेको छ भने गुड़ संग सम्बन्धित केहि उपाय अपनाएर राहत पाउन सक्नुहुन्छ । ज्योतिष शास्त्रमा गुड़लाई सूर्यको कारक मानिन्छ । धार्मिक मान्यता अनुसार सूर्यको प्रभावबाट बचाउन गुड सँग सम्बन्धित उपायहरु रहेका छन् ।

    कामको लागि

    यदि तपाईको करियर समस्यामा छ र तपाई राम्रो काम गर्न चाहनुहुन्छ भने, जागिर खोज्नु अघि गाईलाई रोटीमा गुड़ मिसाएर खुवाउनुहोस्। अन्तर्वार्ता दिन जाँदा गुड़ खाएर पानी पिएर घरबाट निस्कनुहोस् । यसबाट सकारात्मक नतिजा पाउनुहुनेछ।

    सूर्यको स्थिति बलियो बनाउन

    सूर्यको कमजोर स्थितिलाई बलियो बनाउन आठ सय ग्राम गहुँ र त्यति नै मात्रामा गुड़ लिएर आइतबारको दिन मन्दिरमा राख्नुपर्छ । यसबाहेक सूर्यदेवलाई नियमित अर्घ्य दिने बानी बसाल्नुहोस्।

    तनाव कम गर्न

    यदि तपाईको जीवनमा सबै समस्याको सामना गर्दै धेरै तनाव आएको छ, जसका कारण तपाई राती राम्ररी सुत्न सक्नुहुन्न भने, आइतबार रातो कपडामा दुई किलो गुड़ बाँधेर सुत्ने कोठामा सुरक्षित स्थानमा राख्नुहोस् । यसले तपाईको समस्या समाधान गर्नेछ।

    सफलता हासिल गर्न

    सूर्य सम्बन्धी रोगबाट मुक्ति पाउन तथा प्रतिष्ठा र कीर्तिमा वृद्धिका लागि सूर्यदेवलाई दैनिक तामाको भाँडोमा रोली, अक्षत र केही गुड़ हालेर अर्घ्य दिनुहोस् र आदित्य हृदय स्तोत्रको पाठ गर्नुहोस् । यदि यो हरेक दिन सम्भव छैन भने, कम्तिमा आइतबार बिहान, सबेरै उठेर गर्नुहोस्।