आइतबार संघीय संसद्को बैठक बस्दै

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौँ

    कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक पटक स्थगित भएको बैठक आइतबारबाट पुनः सञ्चालन हुने भएको हो ।

    संघीय संसद्को बैठक आगामी साता आइतबार बस्नेगरि बोलाइको छ । प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको हो ।

    कोरोना संक्रमण दर उच्च बिन्दुमा पुग्ने क्रममा रहेकै बेला संसद् बैठक बस्न लागेको हो ।

    बैठक बस्ने नबस्नेबारे यकिन भने अझै भइसकेको छैन । दलहरुबीच संसद सञ्चालन गर्नेबारे कुनै समझदारी भइ नसकेका कारण बैठक अन्यौलमा परेको छ। एमालेका नेताहरूले आगामी बैठकमा पनि अवरोध कायमै रहने बताएका छन् ।