सहिदहरुको सम्झनामा सहिद दिवस मनाइदै

Lok Bhatta ३ वर्ष अघि
  • माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह आज आइतबार विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।

    हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा यी महान् शहीदहरूमध्ये शुक्रराजलाई माघ १० गते टेकु पचली, धर्मभक्तलाई माघ १३ गते सिफल तथा गंगालाल र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा झुन्ड्याएर गोली हानी मृत्युदण्ड दिएका थिए ।

    २०४६ सालको आन्दोलनअघि चार जना शहीद थिए । अहिले पनि शहीद भन्नासाथ धेरैले तिनै चार शहीदलाई सम्झिन्छ । तर २०४६ त्यो संख्या करीब ९ हजार हाराहारीमा भएको बताइन्छ ।

    नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । उनलाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणा विरुद्ध प्रचारप्रसार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रूखमा झुण्ड्याएर मारिएको थियो ।

    अहिलेको राजनीतिक परिपाटी, मनोमानि सहिद घोषण गर्ने होडबाजी र देशले भोग्दै आएको परिस्थितीले देशका निम्ती ज्यान गुमाएका सहिदहरुको अपमान भए जस्तो ठहरिन्छ । देशमा बढ्दै गएको भ्रष्टाचार, मनोमानितन्त्र र अहिलेका दलहरुले गरेको न्यायिक राज्यको उपहासले सहिदहरुका सपनामा खेलाची गरेको भान आम जनतालाई भैरहन्छ ।