सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण : उत्तर कोरिया

Lok Bhatta ३ वर्ष अघि
  • स्थानीय समाचारअनुसार आइतवार बिहान ७ः५२ बजे उत्तर कोरियाको पूर्वी तटबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको ठानिएको

    जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उक्त परीक्षणको निन्दा गरेका छन्। यो महिनामा प्योङ्याङले प्रहार गरेको सातौँ क्षेप्यास्त्र हो।

    तर उत्तर कोरियाले प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ। उत्तर कोरियाका नेता किम जङ–अनले आफ्नो देशको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने वाचा गरेका छन्।

    संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ तथा कडा प्रतिबन्धहरू लगाएको छ।

    साभार बीबीसी