इजरायली राष्ट्रपति पहिलो पटक युएई आइपुगे, हुथी विद्रोहीले गरे मिसाइल प्रहार

Lok Bhatta ३ वर्ष अघि
  • दुबई

    संयुक्त अरब इमिरेट्स र इजरायलबीचको कूटनीतिक सम्बन्ध पुनः सुचारु भएपछि पहिलो पटक अबुधाबीको भ्रमणमा रहेका इजरायली राष्ट्रपतिलाई इरान समर्थक हुथी विद्रोहीले मिसाइल आक्रमण गरेका छन् । सोमबार बिहान प्रहार गरिएको क्षेप्यास्त्र बिच बाटोमा खसालिएको युएईका अधिकारीहरुले बताएका छन् । हालैका दिनहरूमा हुथी विद्रोहीहरूले गरेको यो तेस्रो आक्रमण हो । यो पछिल्लो हमलाले इजरायल र इरानबीचको तनाव थप चर्किने सम्भावनालाई फेरि एकपटक बढाएको छ ।

    इरानको आणविक कार्यक्रमलाई लिएर भियनामा वार्ता चलिरहेको छ भने हुथी र युएईको सेनाबीच युद्ध भइरहेको छ । जसका कारण पूरै पर्सियन गल्फमा तनाव छ । युएईको पहिलो औपचारिक भ्रमणमा आइतवार अबुधाबी पुगेका इजरायलका राष्ट्रपतिले शक्तिशाली राजकुमारसँग भेटवार्ता गरेका छन् । मध्यपूर्वमा बढ्दो तनावका बीच दुई देशबीचको बढ्दो सम्बन्धको बीचमा उनको भ्रमण भएको हो ।