सरकारले दूधको मूल्य बढायो

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौं – सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिलिटर दूधको मूल्य ४९ रुपैयाँ ५२ बाट ५६ रुपैयाँ चार पैसा कायम गरेको हो ।

    किसानले लामो समयदेखि मूल्य बढाउन माग गर्दै आएका थिए । दूध उत्पादनमा लागत बढेको तर मूल्य नबढेको किसानको गुनासो थियो ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्य नउठेको भन्दै बढाउन दबाब समेत दिएको थियो ।

    अहिले भने सरकारले माग अनुसार दूधको मूल्य बढाएको सरकार पक्षको भनाइ छ ।