योग गर्नु अघि र पछि के खाने ?

Lok Bhatta ३ वर्ष अघि
  • बिहानको खाजा हलुका हुनुपर्छ यदि तपाईंले योगका लागि बिहानको समय तोक्नुभएको छ भने त्यसको करिब साढे दुई घण्टा अगाडि बिहानको खाजा खानुहोस्। बिहानको खाजा हल्का हुनुपर्छ।

    धेरै पानी पिउनुहोस् : योगको लागि तपाईको शरीरलाई सधैं हाइड्रेटेड राख्न आवश्यक छ । किनभने व्यायाम गर्दा पसिना आउने कारण डिहाइड्रेसन को समस्या हुन सक्छ । त्यसकारण शरीरलाई पर्याप्त पानी चाहिन्छ।

    केराः यदि तपाईं चाहनुहुन्छ भने, तपाईं योग अघि एक केरा खान सक्नुहुन्छ। केरामा फाइबरको मात्रा राम्रो हुन्छ र यसले पाचन प्रणालीलाई पनि ठिक राख्छ । यति मात्र होइन, केराको मद्दतले शरीरभित्र ऊर्जा पनि रहन्छ ।

    दुई घन्टा अगाडि नखानुहोसर : यदि तपाईं योग गर्दा भारी महसुस गर्न चाहनुहुन्न भने, त्यसो गर्न दुई घण्टा अघि केहि पनि नखाने प्रयास गर्नुहोस् । यदि तपाईंले खाना खाएको केही बेरमा योगा गर्नुभयो भने यसले पेट फुल्ने र अन्य पेटसम्बन्धी समस्याबाट पनि सताउन सक्छ।

    पछि के खाने : योगा गरेको ३० देखि ४० मिनेटपछि पहिले पानी पिउनुपर्छ भनिन्छ । पानी पिइसकेपछि हामीले खानामा गेडागूडी प्रयोग गरेको खानेकुरा लिनुपर्छ । यदि तपाईं चाहनुहुन्छ भने, दूध र अनाज उपभोग गर्न सक्नुहुन्छ।