नेपालमा देखियो बर्डफ्लू

Lok Bhatta ३ वर्ष अघि
  • मोरङ जिल्लाको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा –५ मा बर्डफ्लू संक्रमण पशु सेवा विभागले पुष्टि गरेको हो ।

    पशु सेवा विभागका अनु्सार कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएकोे छ।

    विभागले विज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।

    विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट नष्ट गरिएको छ ।